Like us!
Follow us!
Connect us!
Watch us!

मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, २० पुस २०७९, ०८ : ०९ मा प्रकाशित

मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भोली अर्थात पुस २१ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले आज पुस २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको मंसिर २९ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीका बार्षिक साधारण सभा पुस ३० गते अनुपम ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको