अर्थ संसार, काठमाडौं– सरकारले तत्काल उद्योग धन्दामा विद्युतको महशुल नबढाउने भएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले उद्योग धन्दामा तत्काल विद्युतको महशुल नबढ्ने बताउनुभयो ।
नेपाल उद्योग परिसंघका केन्द्रिय पदाधिकारीसंगको भेटमा ऊर्जामन्त्री शाहीले विद्युत महशुल बढाउने निर्णय तत्काल कार्यान्वयन नहुने बताउँदै बिद्युत महशुल बृद्धि गर्ने निर्णय आफुले रोकेको बताउनुभयो । उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्रको विकासका लागी विद्युत उत्पादनमा तिब्रता दिनुपर्ने मन्त्री शाहीको भनाई थियो ।
उद्योग परिसंघका पदाधिकारीहरुले औद्योगिक क्षेत्रमा विद्युतको महशुल बढाईए उद्योग धन्दा धरासायी हुने भएकाले यो निर्णय कार्यान्वयन नगर्न माग गरेका थिए । उद्योगहरुमा ६६ प्रतिशतसम्म बिद्युत महशुल बृद्धि गर्ने प्रस्ताव गरिएको छ ।
महशुल बृद्धि गरिए यो अहिलेसम्मकै अप्रिय निर्णय हुने उद्योगी व्यवसायीको भनाई छ । उनीहरुले औद्योगिक क्षेत्रमा डेडिकेटेड पावर फिडर आवश्यक भएको पनि मन्त्री शाहीलाई जानकारी गराएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस