Like us!
Follow us!
Connect us!
Watch us!

नियमनबाट ४० प्रतिशत बाेनस सेयर स्वीकृति पछि रिडीले लेख्यो यस्तो चिठी

अर्थ संसार

शुक्रबार, २९ पुस २०७९, २० : ४९ मा प्रकाशित

आज (पाैष २९ गते, शुक्रबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला 

१. मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

२. नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिनाकाे तथ्याङ्क सार्वजनिक गरेकाे छ । राष्ट्र बैंकले सार्वजनिक गरेकाे रिपाेर्ट हेर्दा अर्थतन्त्रमा सुधार देखिएकाे छ । राष्ट्र बैंककाे रिपाेर्ट अनुसार मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । आयात २०.७ प्रतिशतले घट्दा निर्यात पनि ३४.६ प्रतिशतले घटेकाे छ । यस्तै, पछिल्लाे ५ महिनामा कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको छ ।  नेपाल भित्रिने रेमिट्यान्स पनि २३ प्रतिशतले बढेकाे छ । यता शोधनान्तर स्थिति पनि ४५ अर्ब ८७ करोडले बचतमा रहेको छ ।

३. रिडी पावर कम्पनी लिमिटेडकाे लाभांश विद्युत नियमन आयोगबाट स्विकृत भएकाे छ । कम्पनीकाे सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.१० प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे । साेही लाभांश विद्युत नियमन आयोगले स्विकृत गरेकाे हाे । अब उक्त प्रस्तावित लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ ।

४. नबिल बैंक लिमिटेडकाे ३८ औँ वार्षिक साधारण सभा आज पुस २९ गते, शुक्रबार सम्पन्न भएकाे छ । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम हाल कायम चुक्ता पूँजीको १८.५० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ११.५० प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । 

५. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बाेनस बापतकाे एक लाख ९० हजार कित्ता सेयर सूचिकृत भएकाे हाे । 

६. अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे लाभांश विद्युत नियमन आयोगबाट स्विकृत भएकाे छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.४२१ प्रतिशत नगद गरी कुल ८.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे । साेही लाभांश विद्युत नियमन आयोगले स्विकृत गरेकाे हाे । अब उक्त प्रस्तावित लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ ।

७. हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएकाे छ । कम्पनीले चुक्ता पुँजीको ७५% अर्थात् १:०.७५ को अनुपातमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न पाैष २६ गते सेबाेनमा निववेदन दिएकाे हाे । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेकाे छ ।

८. अपि पावर कम्पनी लिमिटेडको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना वैशाखबाट सञ्चालनमा आउने भएकाे छ । छैठौँ आयोजनाको रुपमा दार्चुला जिल्लामा निर्माण गरिरहेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको निर्माण कम्पनीले २४ महिना भित्रै सम्पन्न गर्न लागेको हो ।

९. नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी बुझाएर रिहा भएका छन् । उच्च अदालत, पाटनमा २० लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् । लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको थियो ।

१०. शुक्रबार सुनकाे भाउ तोलामा ५ सय रुपैयाँले बढेर प्रतिताेला १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँ कायम भएको छ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको