सोलार फार्म लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौतापत्रमा सोलार फार्म लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष आष बहादुर गुरुङ्ग (मोहन) तथा कुमारी क्यापिटलका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
सोलार फार्म लिमिटेडको अधिकृत पूँजी रु. ६५ करोड रूपैयाँ, जारी पूँजी रु. ६५ करोड रूपैयाँ, र चुक्ता पूँजी रु. ४५ करोड रूपैयाँ रहेको छ ।
नेपालको पहिलो सोलारबाट विद्युत उत्पादन गर्ने संस्थाको रुपमा सन् २०१७ मा स्थापित सोलार फार्मले ५ मेगावाट क्षमताको सोलारबाट विद्युत उत्पादन सन् २०२१ सेप्टेम्बर १४ देखि व्यवसायिक उत्पादन गरिरहेको छ । यो आयोजना नेपालको तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नं.५ बेल चौतारामा अवस्थित छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस