Like us!
Follow us!
Connect us!
Watch us!

के आज लाभांस घोषणा गरेका कम्पनीहरु तपाईले लगानी गरेका त परेनन् ? हेर्नुहोस आजको बुलेटिन !!

अर्थ संसार

सोमबार, ०२ माघ २०७९, २० : ५२ मा प्रकाशित

आज (माघ २ गते, साेमबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. साेमबार एकैदिन ३ वटा लघुवित्तहरूले गत  आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाइ वितरण गर्ने लाभांश घाेषणा गरेका छन् । सपोर्ट लघुवित्तले ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद, इन्फिनिटी लघुवित्तले २० प्रतिशत बोनस सेयर  र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेका हुन् ।

२. बीमा प्राधिकरणकाे निर्देशन पछि २ वटा बीमा कम्पनीकाे लाभांश परिमार्जन भएकाे छ । यूनियन लाइफ इन्स्याेरेन्स र सगरमाथा इन्स्याेरेन्सकाे लाभांश परिमार्जन भएकाे हाे । परिमार्जित लाभांश अनुसार अब यूनियन लाइफले ८.९७ प्रतिशत बोनस मात्रै वितरण गर्नेछ । त्यस्तै, सगरमाथा इन्स्योरेन्सले १२.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६५२६   प्रतिशत नगद वितरण गर्नेछ ।

३. युनाईटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

४. नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारितसहितका ऐजेन्डा पारित गर्न साधारण सभा आह्वान गरेको छ । संस्थाको १६ औँ वार्षिक साधारण सभा माघ २८ गते उद्योग संगठन मोरङको सभाहल, बिराटनगरमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१५ प्रतिशत नगद लाभांश गरी कुल २३.१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश प्रयोजनार्थ माघ १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारण सभाका सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

५. साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले लाभांश वितरण गर्नका लागि आफ्नो बैंक खाता अद्यावधिक गराउन सेयरधनीलाई आग्रह गरेको हो ।बैंकको वार्षिक साधारण सभाले पारित गरेको करसहित ७ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा भइरहेको बैंकले जनाएको छ । हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेर बाेनस प्राप्त गर्न सक्नेछन् ।

६. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा कम्पनीकाे सेयरमूल्य समायाेजन भएकाे छ । स्टकका अनुसार नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ७ सय ७८ रूपैयाँ ४३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । त्यसैगरी, आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ३ सय ६५ रूपैयाँ ७७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

७. यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिच हिजाे माघ १ गते आइतबार एक आपसमा मर्जरमा जाने अन्तिम सम्झाैतापत्रमा हस्ताक्षर भएको छ । सम्झाैता अनुसार यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात १ः१ः१ कायम गरिएको छ ।

८. अपि पावर कम्पनी लिमिटेडकाे लाभांश विद्युत नियमन आयोगबाट स्विकृत भएकाे छ । कम्पनीकाे सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे । साेही लाभांश विद्युत नियमन आयोगले स्विकृत गरेकाे हाे ।

९. नेपाल राष्ट्र बैंकले ५ अर्ब २० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भाेलि मंगलबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ९१ दिनकाे अवधिकाे लागि ५ अर्ब २० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०८० साल वैशाख ५ गते परिपक्क हुनेछ । 

१०. सोमबार सुनकाे भाउ ताेलामा २ सय रुपैयाँले बढेर प्रतिताेला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ ।  सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतिताेला १४ सय रुपैयाँ कायम भएको छ ।

११. भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलको मूल्य बढाएर पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्राेलकाे भाउ बढेकाे र डिजेलकाे घटेकाे नेपाल आयल निगमले जनाएकाे छ । प्राप्त नयाँ मूल्यसूची अनुसार  पेट्रोल प्रति लिटर २ रुपैयाँ ५१ पैसाले बढेर आएको छ । त्यस्तै,  डिजेलको मूल्य भने प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको