Like us!
Follow us!
Connect us!
Watch us!

नागढुंगाबाट अवैध लागुऔषधसहित तीन जना पक्राउ

शुक्रबार, १६ भदौ २०७४, २० : १४ मा प्रकाशित

नागढुंगाबाट अवैध लागुऔषधसहित तीन जना पक्राउ

अर्थ संसार, काठमाडौँ–महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रभागबाट खटिएको टोलीले जनकपुरदेखि काठमाडौँ आउँदै गरेको ना५ख १४३३ नंको यात्रुवाहक बसको झोलामा लुकाई ल्याएको अवस्थामा आज दिउँसो तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरी पिपराका शत्रोहनकुमार साह, जनकपुरका चन्द्रबहादुर शाह र धादिङका मनोज परियार रहेका छन् । तीन जनामध्ये चन्द्रबहादुर र परियारलाई शाहको सहयोगमा कलंकीबाट पक्राउ गरिएको प्रभागका प्रमुख ऋषिराम घर्तिमगरले जानकारी दिनुभयो ।

पक्राउ परेकाबाट ५९ एम्पुल डाइजेल्याब, ५९ एम्पुल फेनार्गन, ५७ एम्पुल लुपिजेसिक तथा ३०० ट्याब्लेट नाइट्रापाम बरामद गरिएको छ ।

यसैगरी आज बिहान वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना६ख १४६१ नंको बसमा फेर्नागन ३० एम्पुल, नुर्फिन ३० एम्पुल र डाइजेल्याब ३० एम्पुल फेला पारेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको