अर्थ संसार, काठमाडौं– रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले भदौ २५ गतेदेखि प्रमाणपत्र वितरण गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित पाँचथर र ताप्लेजुङ जिल्लाका वासिन्दाहरुको लागि निष्कासन गरेको साधारण सेयर वितरण गर्ने भएको हो । यसका लागि आफूले दरखास्त बुझाएको सङ्कलन केन्द्रमा सम्पर्क राख्न सदस्यहरुलाई कम्पनीले अनुरोध गरेको छ ।
प्रमाणपत्र सङ्कलन गर्न स्वयम् आउँदा नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने र स्वयम् उपस्थित हुन नसके मन्जुरीनामा सहित मन्जुरीनामा प्राप्त गर्ने व्यक्तिको नागरिकताको सक्कल तथा प्रतिलिपि पेश गर्न समेत सूचित गरेको छ ।
कम्पनीले जेठ २५ देखि असार ८ गतेसम्म प्रतिकित्ता रू. एक सय अङ्कित दरको ५ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस