Like us!
Follow us!
Connect us!
Watch us!

जीवनमा तपाई कति निष्पक्ष छु भनेर जान्नको लागि सेयर बजारमा जोडिनुपर्छ : राज कुमार के सी (भिडियो बहस)

अर्थ संसार

विहीबार, ०५ माघ २०७९, २१ : ५५ मा प्रकाशित

जीवनमा तपाई कति निष्पक्ष छु भनेर जान्नको लागि सेयर बजारमा जोडिनु पर्छ भन्छन राज कुमार केसी। विश्लेषक केसीका अनुसार बजारमा कारोबार गर्दा ट्रेडमा किन बेचका निर्णय गर्दा भावनाहरू हाबी हुने गरेको र ग्रिध (लोभ)  हाबी हुदा किन्ने र फेर (डर) हाबी हुदा बेच्ने र दुबैमा पैसा गुमाउने, त्यो हेर्यो र आफ्नो वास्तविक जीवनसंग तुलना गर्यो भने आफु कति सन्तुलित जीवनमा बाचेको छु कि इमोसनमा हिडेको छु कि छैन जाच्न सकिन्छ भन्ने उनको तर्क छ। 

"अनिश्चित भविष्यलाई निश्चित गर्ने तरिका भनेको वर्तमानबाट भाग्नु हो। अर्थात वर्तमानबाट भाग्दिने,डरको सामना नगर्दिने।" यस्तो विचार राख्छन राज कुमार केसी। केसी आफै एक कुसल प्राविधिक विश्लेषक हुन तर उनी सेयर बजारको भविष्य अनुमान गर्न भने रुचाउदैनन। यसको कारण उनकै शब्दमा "मेरो पहिलेको आफ्नै अनुभव, जब बजार झर्थ्यो पोर्टफोलियो हेर्ने मन नलाग्ने, भविष्य उन्मुख भएर बढ्ला नि बजार भनेर बस्ने गर्थे, त्यो भनेको वर्तमान सँग भाग्नु रहेछ अनि जहिले भविष्य राम्रो नहुने। हामीले पहिले अर्थात पुरानो डाटा हेरेर पुरानो समय त राम्ररी विश्लेषण गर्न सक्दैनौ भने भविष्यलाई कसरी भविष्यवाणी गर्न सकिन्छ ?"

सेयरबजारमा ट्रडिङ्गको सिद्धान्त फलो गरिएन भने खाल्टोमा जाकिन्छ भने कुरामा उनी विश्वस्त छन्।  

राज कुमार के सी, नेप्से अल्फाका संस्थापक पनि हुन, नेप्से आल्फाले भखरै AI Signal बजारमा सुरु गरेको छ। खासमा यो AI Signal के हो, यसको प्रयोग कसरी गर्ने रु लगानीकर्तालाई कतिको उपयोगी छ। यसकै सेरोफेरोमा अर्थसंसारका प्रस्तोता वसन्त पाण्डेले राज कुमार केसी सँग गरेको भिडियो कुराकानी :

यहाँ क्लिक गरेर पनि हेर्न सकिन्छ

  "

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको