अर्थ संसार, काठमाडौं – सेन्चुरी बैंकले चुक्तापुँजी बढाउन २ वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ ।
बैंककले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स लिमिटेडलाई प्राप्ति गर्न यही भदौ २३ गते विशेष साधारणसभा बोलाएको छ । सभाले दुई संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्ने छ ।
दुबै संस्थाको अचल चल सम्पत्तिको दाइत्व मूल्यांकन (डीडीए) अनुसार अल्पाइनका लगानीकर्ताको सेन्चुरीमा ९३ र सेतीको ७० कित्ता सेयर हुने गरी सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) कायम भएको छ ।
कान्छो बैंक सेन्चुरीलाई चुक्तापुँजी रु ८ अर्ब रुपैयाँ पुर्याउन दवाव छ । उसको पुँजी रु ५ अर्ब ४६ करोड मात्र छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस