Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रालयले राष्ट्र बैंकमाथि हस्तक्षेप नगर्ने (भिडियो )

अर्थ संसार

सोमबार, ०९ माघ २०७९, २२ : ११ मा प्रकाशित

आज माघ ९ गतेका प्रमुख समाचार तल उल्लेख गरिएकाे छ :

१. कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

२. सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले आज माघ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेकाे छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि १७ लाख ४३ हजार कित्ता आईपीओ निष्कासन गरेकाे हाे । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि छिटोमा माघ १२ गते गतेसम्म आवेदन दिन सक्नेछन् । साे अवधिमा सबै बिक्री नभएमा ढीलोमा माघ २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

३. नेशनल माइक्राेफाइनान्स लघुववित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । संस्थाले काराेबार समयमै लाभांश घाेषणा गरेपछि नेप्सेले ३ दिने स्पष्टिकरण माग्दै संस्थाकाे काराेबार राेक्का गरेकाे छ । 

४. लगानीकर्ताहरूले हाइड्रो सेक्टरबाट प्रोफिट बुकिङ गर्दा साेमबार बजारमा गिरावट देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.७१ अंकले घटेर २१६५.१० विन्दुमा झरेकाे छ । नेप्से ०.६३ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.०५ अंकले घटेर ४१३.०१ विन्दुमा झरेको छ ।  कूल २५७ वटा कम्पनीकाे एक कराेड ७ लाख ५९ हजार ५ सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९ सय ७३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

५. नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाको लागि राय/सुझाव मागेकाे छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षाका लागि राय / सुझावहरु मागेकाे हाे । इच्छुकले आफ्ना रायहरू माघ २० गतेसम्ममा बैंकको आर्थिक अनुसन्धान विभागको इमेलमा पठाउन सक्नेछन् ।

६. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साेमबार एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे बाेनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार बैंकको ८.५ प्रतिशत बाेनस बापतकाे ९ लाख ७९ हजार २३ दशमलव ३१८२ कित्ता सेयर सूचिकृत भएकाे हाे । 

७. उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले  बैंकको ब्याजदर घट्दै गएको र सरकारले राष्ट्र बैंकमाथि हस्तक्षेप नगर्ने बताएका छन् ।  सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले पछिल्ला दिनहरुमा बैंकको ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरु देखिएको बताएका छन् । राष्ट्र बैंक स्वायत्त संस्था भएकोले राष्ट्र बैंकको क्षेत्राधिकारमा सकारले कुनै पनि हस्तक्षेप नगर्ने पनि उनले बताए ।

८. भारतीय सेयर बजारको नियामक निकाय सेक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी) ले फ्रन्ट रनिङ केसमा स्वार्थ पूर्तिका लागि गर्ने विश्लेषकहरु माथि कारबाही प्रकृया अगाडि बढाएको छ। हाल सेबीले सर्च एण्ड सिजर अपरेसन सञ्चालन गरी फ्रन्ट रनिङ केसमा सक्रिय व्यक्ति र उनीहरूसँग जोडिएका टेलिभिजनमा देखिने सेयर बजारका विज्ञमाथि छानबिन गरिरहेको छ।

> ९. आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एक लाख ७० हजार ३ सय ७५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ  । उक्त सेयरको न्यूनतम मूल्य ३ सय ८० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि माघ २४ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

१०. साेमबार सुनकाे भाउ ताेलामा ३ सय रुपैयाँले बढेर प्रतिताेला १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको