Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

अर्थ संसार

मंगलबार, १० माघ २०७९, १८ : १६ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वार्षिकोत्सव समारोह माननीय उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा मंगलबार एक समारोहकाबीच सम्पन्न भएको छ ।

कार्यक्रममा माननीय उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलकाले अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न राष्ट्रिय वाणिज्य बैंककोे भूमिका सकारात्मक रहने बताए  । बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुुपर्ने बताए । उनले बैंकले आगामी दिनमा नाफामा भन्दा गुणस्तरीय सेवामा प्रतिस्पर्धा गरी अन्य बैंकको तुलनामा अग्रणी हुनुपर्ने बताए । उनले संस्थागत सुशासन, पारदर्शिता, भ्रष्टचारमुक्त र शुन्य सहनशिलता नीति अपनाउनपर्ने बताए ।

प्रमुख अतिथि एवं माननीय विष्णुप्रसाद पौडेलले कार्यक्रममा परिष्कृत गरिएको मोवाइल बैंकिङ्गकलाई आरबिबि डिजिटल संसार एप्स्को शुभारम्भ गरेका थिए । बैंकको ५८ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०७९ विमोचन गरेका थिए । कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रम, उत्कृष्ठ शाखा कार्यालय, सर्वोत्कृष्ठ/उत्कृष्ठ बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलेनेपाल राष्ट्र बैंकले लिने नीति समग्र अर्थतन्त्रको विकासको लागि हुने र राष्ट्र बैंकले ल्याउने नीति अग्रणी रुपमा राष्ट्रिय वाणिज्य बैंकले कार्यन्वयन गर्ने गरेको बताए । उनले अहिले नीजि क्षेत्रका बैंकहरुको मर्जरले लिएको गतिले बैंकहरुको आकार बढीरहेको अवस्थामा आवश्यक परेमा तीनवटा सरकारी बैंक मिलेर मर्जको लागि आपसमा कुरा गर्न सकिने बताए । 

बैंक संचालक समितिका अध्यक्ष डा.बलराम पाठकले नेपाल सरकारले लिएका अर्थतन्त्र सबलीकरण सम्बन्धी नीतिहरुको सफलतापूर्वक कार्यान्वयन गर्न, नियमनकारी निकायहरुको निर्देशन पालना गर्न र सुशासनका माध्यमबाट संस्थागत कार्यदक्षतामा सुधार ल्याई बैंकिङसेवा प्रवाहलाई थप प्रतिस्पर्धात्मक एवं उत्तरदायीपूर्ण बनाउन भूमिका निर्वाह गर्ने ध्येयका साथ बैंकलाई आगामी दिनमा अगाडि बढाउने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै IT Enhancement Roadmap को कार्यलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने, बैंकका सम्पुर्ण प्रक्रियाहरु, कार्यविधि एवं पद्धतिहरुलाई सूधार गरी बैंकलाई हरेक पक्षबाट सूदृढ बनाउन Business Process Re-engineering को कार्यलाई अगाडि लाने, बैंकको अचल सम्पतिको उचित व्यवस्थापन गर्न Asset Utilization Project,, बैंकको हिसाबमिलानको कार्यलाई प्रभावकारी बनाउन Reconciliation Project तथा अनावश्यक खर्च कट्याैती तथा नियन्त्रणका लागि Cost Control Project जस्ता प्रोजेक्टहरुलाई कार्यान्वयन गर्ने आदि मूख्य प्राथमिकताका विषय रहेका बताए । उनले त्यस बाहेक बैंंकको ग्राहक सेवामा पनि अझ सूधार ल्याउने र सरकारी स्वामित्वका संस्थाहरु प्रतिको जनमानसमा रहेको नकारात्मक छवि र सरकारी पाराको आरोपलाई हदैसम्म हटाई बैंकलाई हरेक पक्षबाट सूदृढ, सबल र ग्राहकमैत्री बनाउने योजना रहेको बताए । उनले २०७९ पुस मसान्तसम्म बैंकले २ खर्ब ८२ अर्ब रुपैंया निक्षेप संकलन गरी २ खर्ब ४१ अर्ब रुपैंया कर्जा लगानी गरेको बताए ।

कार्यक्रममा बैंकमा क्रियाशिल तीन वटै ट्रेड युनियनका अध्यक्षहरु क्रमशः रा.वा.बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संंस्था कर्मचारी संघ, रा.वा.बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रा.वा. बैंकका अध्यक्ष दिपेन्द्र कार्की, रा.वा.बैंक पूर्व कर्मचारी संघका अध्यक्ष दिनेशविक्रम थापाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

५८ औं वार्षिकोत्सवको अवसरमा गत माघ ५ गते आयोजना गरिएको रक्तदान कार्यक्रममा देशैभरिबाट ४३० जना रक्तदाताहरुले रक्तदान गरेका थियो । कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्र, शेयरधनीहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, बैंक संचालक समितिका सदस्यहरु, पूर्व अध्यक्षहरु, पूर्व प्रमुख कार्यकारी अधिकृतहरु, विभिन्न संस्थानहरुका प्रमुखहरु, बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्धय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, पवन रेग्मी, विनयरमण पौडेल दुर्गा कंडेल, ब्राण्ड एम्बासडर एवं मिस नेपाल प्रियंका रानी जोशी, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको भब्य उपस्थिति रहेको थियो । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको