साताको कारोबार हुने अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । लगातार रुपमा घटिरहेको सुनचाँदीको मूल्य आज बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ८० रुपैयाँले बढेको हो । आज सुन तोलाको २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ८० रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो । 
 
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस