Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकको हकप्रद भर्नु भयो ? १५ दिन थप, यहाँबाट आवेदन दिनुहोस्

आइतबार, १८ भदौ २०७४, १२ : १८ मा प्रकाशित

सेञ्चुरी बैंकको हकप्रद भर्नु भयो ? १५ दिन थप, यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसार, काठमाडौं–  सेञ्चुरी कमर्सियल बैंकको हकप्रद सेयरको लागि आवेदन दिनुभयो ? नदिएको भए आजै गएर दिनुहोला । 

छुटेका लगानीकर्तालाई समेट्ने उद्देश्यले बैकले हकप्रद भर्ने अवधि १५ दिन थप गरेको छ । बैंकले निष्कासन गरेको ४० प्रतिशत हकप्रद भर्न असोज २ गतेसम्म म्याद थप गरेको हो ।

बैंकको हकप्रद सेयर आवेदन दिने अन्तिम आज अन्तिम दिन भएतापनि बैंकले एक सूचना प्रकाशित गरी १५ दिनको थप गरी लगानीकर्तालाई आवेदन दिन आग्रह गरेको छ ।

बैंकले सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८८ करोड ५४ लाख २५ हजार ७ सय रुपैयाँको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता शेयर निष्काशन गरेको हो ।बैंकको उक्त हकप्रद शेयरमा असार २६ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

यहाँबाट आवेदन दिनुहोस

सिभिल क्यापिटल मार्केट लिमिटेड, सुन्धारा र सेञ्चुरी कमर्सिलय बैंक लिका सम्पूर्ण शाखाहरुबाट आवेदन दिन सक्नुहुनेछ ।

59aba272ea19b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको