Like us!
Follow us!
Connect us!
Watch us!

लमजुङमा सुरु भयो दोर्दीखोला हाइड्रोपावर, तीन बर्षमा सक्ने लक्ष्य

आइतबार, १८ भदौ २०७४, १४ : ०२ मा प्रकाशित

लमजुङमा सुरु भयो दोर्दीखोला हाइड्रोपावर, तीन बर्षमा सक्ने लक्ष्य

अर्थ संसार, काठमाडौँ– लमजुङ जिल्लाको दोर्दी गाँउपालिकामा आयोजना स्थल रहेको  १२ मेगावाट क्षमताको दोर्दी खोला जलविघुुत आयोजनाको निमार्ण सुरु भएको छ ।

आगामी तीन वर्ष अर्थात् २०७७ सालको असारमा निमार्ण सम्पन्न गर्ने लक्ष्य साथ काम सुरु भएकोे कम्पनीले जनाएको छ ।

दोर्दी खोला  जलविद्युत कम्पनी लिमिटेडले आयोजना निर्माण गर्न बिद्युत खरीद विक्री सम्झौता, विस्तृत डिजाइन, वातावरणीय अध्ययन सकेर निमार्ण कार्य सुरु गरको हो ।

तीन बर्ष निर्माण अवधि रहेको आयोजनाको लागत रु २ अर्ब २९ करोड रहेको छ । उक्त आयोजनामा सानिमा बैंकको नेतृत्वमा लक्ष्मी बैंक,कृषि विकास बैंक, कैलाश विकास बैंक लगायतले रु एक अर्ब ४० करोडको ऋण लगानी गर्ने भएका छन् । जसका लागि आयोजनाले ती बैंकहरुसँग ऋण सम्झौता गरको छ ।

बाँकी रकम कम्पनीका संस्थापक शेयरधनी तथा अग्राधिकार सेयरधनीहरु मार्फत संकलन गर्ने कम्पनीले जनाएको छ ।
यसै क्रममा कम्पनीले आयोजनामा लगानी गर्न ईच्छुक लगानीकर्तालाई अग्राधिकार शेयर समेत बिक्री गरिरहेको छ ।

कम्पनीको अग्राधिकार सेयरमा न्यूनतम रु एक लाख लगानी गर्न पाइने कम्पनीले जनाएको छ । एक सय रुपैयाँका दरमा किनिने अग्राधिकार शेयर २०७७ असार मसान्त भित्र स्वत साधारण शेयरमा परिवर्तन हुने कम्पनीले जनाएको छ ।

कम्पनीले देशविदेशबाट लगानीकर्ता खोजिरहेको छ । केही महिना अगाडि कम्पनीले कोरियाको प्रमुख सहरबाट समेत अग्राधिकार सेयरका लागि आवेदन संकलन गरेको थियो । कम्पनीले लगानीकर्तालाई व्याजस्वरुप ७.५ प्रतिशत लाभाशं दिने जनाएको छ ।

आयोजना संचालक समुह सिईडिबी हाइड्रोले लमजुङ जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना तोकिएको समय अगावै सम्पन्न गरेको थियो भने ११ मेघावाटको तल्लो खारे खोलाको निर्माण कार्य भइरहेको छ ।

कम्पनीले रुकुममा ४.३ मेघावाटको अर्को आयोजना रुकुम गाड जलबिधुत आयोजनाको सर्वेक्षण अनुमति प्राप्त गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको