Like us!
Follow us!
Connect us!
Watch us!

माया खोला हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

अर्थ संसार

शुक्रबार, १३ माघ २०७९, ०६ : ११ मा प्रकाशित

माया खोला हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आज माघ १३ गते शुक्रबारबाट आवेदन दिन सकिने छ ।

कम्पनीले सर्वसाधारणका लागि  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ लाख ९२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । कम्पनीले यसअघि नै १० लाख कित्ता आयोजन प्रभावितका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँड समेत गरिसकेकाे छ । दाेश्राे चरणमा निष्कासन गरिने आईपीओमध्ये ५% अर्थात् १ लाख २० हजार कित्ता सामुहिक लगानी कोष र २% अर्थात् ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १९ लाख ९२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

कति दिने आवेदन ?

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले छिटाेमा माघ १७ गतेदेखि ढीलाेमा माघ २७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय कम्पनीहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको