अर्थ संसार
काठमाडौं–फाइनान्स कम्पनीहरु गत बर्षको नाफाबाट लाभांश घोषणा गर्न सुस्त देखिएका छन् ।अहिलेसम्म ९ वटा कम्पनीले मात्र लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गर्नेमध्ये गुडविल फाइनान्स अग्रपंक्तिमा देखिएको छ । उक्त कम्पनीले करप्रयोजनको नगद लाभांश सहित २६ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ ।
यसमा २५ प्रतिशत बोनस छ । सबैभन्दा थोरै लाभांश घोषणा गर्नेमा भक्तपुर फाइनान्स छ । यस कम्पनीले साडे ३ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । अरु सबैजसो कम्पनीले १० देखि २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस