अर्थ संसार, बाबियाचौर – म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा पाँच दिनदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति बन्द भएको छ ।
प्रसारण लाइनमा खराबी आएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा गत बिहीबारदेखि विद्युत् आपूर्ति हुन नसकेको हो । विद्युत् सुविधाको अभावमा बेग, दोवा, राम्चे, हिस्तान, भुरुङ तातोपानी, शिख, घार, दाना र नारच्याङका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।
पर्यटकीयस्थल घोडेपानी, भुरुङ तातोपानी, दानाका होटल व्यवसायीसमेत विद्युत् अभावमा प्रभावित बनेको होटल व्यवसायी इन्द्रसिंङ शेरचनले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणले मर्मतमा ढिलाइ गर्दा उपभोक्ता मर्कामा परेको उहाँले गुनासो गर्नुभयो ।
प्राधिकरण बेनी वितरण केन्द्रले खराबी भएको ठाउँ पत्ता लगाउन नसकिँदा मर्मतमा ढिलाइ भएको बताएको छ । तिल्केनीचौरदेखि मिलनचोक सवस्टेशनसम्मको प्रसारण लाइन परीक्षण गरेपछि खराबी पत्ता लाग्ने र मर्मत गरी विद्युत् आपूर्ति गराउन पहल भइरहेको केन्द्रले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस