Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एकै दिन थपियो २४ लाख कित्ता सेयर

शुक्रबार, २६ कार्तिक २०७३, १६ : ०० मा प्रकाशित

नेप्सेमा एकै दिन थपियो २४ लाख कित्ता सेयर

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्सचेञ्जमा कारोबारका लागि शुक्रबार एकै दिन विभिन्न ७ वटा कम्पनीको सेयर थपिएको छ । नेप्सेका अनुसार यस दिन सानिमा बैंक, हाम्रो विकास बैंक, भक्तपुर फाइनान्स, कर्णाली विकास बैंक, कम्युनिटी डेभलपमेन्ट बैंक, बागमति डेभलपमेन्ट बैंक र सिर्जना फाइनान्सको बोनस सेयर सूचिकृत भएको हो । 

सानिमा बैंकको १ लाख ६८ हजार ५ सय ३२ कित्ता, हाम्रो विकास बैंकको १ लाख ५९ हजार ५ सय ६५ कित्ता, भक्तपुर फाइनान्सको १ लाख १० हजार कित्ता, कर्णाली विकास बैंक २ लाख कित्ता, कम्युनिटी डेभलपमेन्ट बैंक १० लाख कित्ता हकप्रद र ९५ हजार कित्ता बोसन सेयर, बागमति डेभलपमेन्ट बैंकको ८० हजार ५ सय कित्ता बोनस र सिर्जना फाइनान्सको ६ लाख ७२ हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको