Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरको प्रस्ताव पारित गर्न सानिमा लाइफले डाक्यो साधारणसभा, सेयर संरचना परिवर्तन हुने

अर्थ संसार

शुक्रबार, २० माघ २०७९, ०६ : ०३ मा प्रकाशित

मर्जरको प्रस्ताव पारित गर्न सानिमा लाइफले डाक्यो साधारणसभा, सेयर संरचना परिवर्तन हुने

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले साधारणसभा बोलाएको छ। इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बिहिबार बसेको बैठकले विशेष साधारणसभा फागुन १२ गते कुन्डलिनी दरबार बैंक्वेट धुम्बाराही काठमांडौमा बिहान ११ बजेबाट डाकेको हो ।

सभाले सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने(मर्जर) को प्रस्ताव पारित गर्ने छ । मर्जर पश्चात बन्ने कम्पनीको नाम सानिमा रिलायन्स लाइफ इन्स्योरन्स लिमिटेड रहने छ । दुई कम्पनीका बिचमा भएको डिडिएबाट १ः१ को रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत सभाले पारित गर्नेछ । 

त्यस्तै सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ । 

कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ माघ २९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ यसर्थ माघ २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउने छन् ।

कम्पनीले जारी गरेको सूचनाः 

63dc544645b27.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको