Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लाईफको नाफा २३ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

अर्थ संसार

बुधबार, २५ माघ २०७९, ०६ : ४६ मा प्रकाशित

सानिमा लाईफको नाफा २३ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा कम्पनीको मुनाफामा बृद्धि आएको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा २३.६२ प्रतिशतले बढेर ११ करोड ६१ लाख ८४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

समिक्षा अवधीसम्ममा कम्पनीको बीमा शुल्क ०.८४ प्रतिशतले बढेर १ अर्ब १७ करोड २० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क १ अर्ब १६ करोड २१ लाख रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र जगेडा कोषमा ३५ करोड ९० लाख रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको जीवन बीमा कोषको आकार ४ अर्ब ८ करोड ५३ लाख रुपैयाँ पुगेको छ । 

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६२ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ १९ पैसा रहेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

63e2f4fd0f70d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको