Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ संसार समाचार प्रभाव : सानिमा लाईफले गल्ती सुधार्यो, सञ्चालक समितिमा सर्वसाधारणबाट २ जना

अर्थ संसार

मंगलबार, ३१ जेठ २०७९, १० : २७ मा प्रकाशित

अर्थ संसार समाचार प्रभाव : सानिमा लाईफले गल्ती सुधार्यो, सञ्चालक समितिमा सर्वसाधारणबाट २ जना

अर्थ संसार डटकममा समाचार प्रकाशन भएपछि सानिमा लाईफ इन्स्योरेन्स कम्पनीेले आफ्नो गल्ति सुधारेको छ । सोमबार अर्थ संसार डटकममा लगानीकर्ताको अधिकार खोस्दै सानिमा लाईफः सञ्चालक समितिमा सर्वसाधारणलाई संकुचित पारिँदै शिर्षकमा समाचार प्रकाशित भएको थियो । 

सानिमा लाईफले आईपीओ जारी गर्दा सञ्चालक समितीमा सर्वसाधारण समूह 'ख' बाट सञ्चालक समितीमा २ जना साधारण सेयरधनीको प्रतिनिधित्व हुने भनिएको भएता पनि सोमबार कम्पनीले प्रकाशन गरेको साधारणसभाको सूचनामा समूह ख बाट एकजना मात्र सञ्चालकको निर्वाचन हुने उल्लेख गरिएको थियो । तर अर्थसंसारमा उक्त समाचार प्रकाशित भएपछि कम्पनीले सञ्चालक समितीमा समूह ख का २ जना सञ्चालकको निर्वाचन हुने सूचना प्रकाशित भएको छ ।

अब सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको ७ सदस्यीय सञ्चालक समितीमा २ जना सर्वसाधारण समूहका सेयरधनीहरुको प्रतिनिधित्व हुनेछ ।

हाल कम्पनीको सञ्चालक समितीमा ५ जना सञ्चालकहरु रहेका छन् । ४ जना सञ्चालकले संस्थापक समूहको प्रतिनिधित्व गरेका छन् भने १ जना स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका हुन् । 

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७८ साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । ग्रोलाप्रथाबाट वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको