Like us!
Follow us!
Connect us!
Watch us!

क्यान इन्फोटेकमा के हुनेछ नयाँ कुरा ? अध्यक्ष पाेद्दारसँगकाे अन्तर्वार्ता हेर्नुहाेस् (भिडियाे)

अर्थ संसार टक

सोमबार, २३ माघ २०७९, १२ : ०९ मा प्रकाशित

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शनी र यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माण तथा सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा भाेलि माघ २४ देखि २९ सम्म (तदनुरूप २०२३ फेब्रुअरी ७ देखि १२ तारिखसम्म) भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २८औँ संस्करणको क्यान इन्फोटेक मेला हुँदैछ ।

राजधानीमा माघ २४ देखि ६ दिनसम्म देशकै ठूलो सूचना प्रविधि प्रदर्शनीको समापन भएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुनेछ । यसअन्तर्गत मधेश प्रदेशमा फागुन ५ देखि फागुन ९ गतेसम्म, सुदूरपश्चिम प्रदेशमा फागुन १३ देखि फागुन १७ गतेसम्म, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३० गतेसम्म र बागमती प्रदेशमा चैत २ देखि चैत ६ गतेसम्म  क्यान इन्फोटेक हुनेछ । प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा भने मिति घाेषणा गरिसकिएकाे छैन । 

सन १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा सन २०२२ मा इन्फोटेकको २७औं संस्करण सफलतापूर्वक सम्पन्न भएको थियो । नेपालमा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरुपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनीका रुपमा स्थापित भएको छ । 

क्यान इन्फोटेकको अवलोकनका लागि सर्वसाधारणलाई रु. १०० र विद्यार्थीलाई रु. ५० शुल्क निर्धारण गरिएको छ । इन्फोटेकको टिकेटिङ पार्टनर पेवेलको मोबाइल एप डाउनलोड गरी एपबाटै रु. २५ मा टिकेट खरिद गर्न सकिने व्यवस्था ल्याइएको छ ।

अर्थ संसारकाे नियमित कार्यक्रम अर्थ संसार टककाे यस श्रृङ्खलामा हामीले क्यान इन्फोटेकका अध्यक्ष रञ्जित कुमार पाेद्दारसँग कुराकानी गरेका छाैँ । 

क्यान महासंघका नवनिर्वाचित अध्यक्ष रंजित पोद्दारका के छन् योजना ? क्यान इन्फोटेकमा के हुनेछन् नयाँ प्रविधि ? पासपोर्टको लाइन हटाउन क्यानले पहल गर्नु पर्ने हैन ? यी र यस्तै प्रश्नहरूमा आधारीत रही अध्यक्ष पाेद्दारसँग गरिएकाे भिडियाे कुराकानी हेर्न यहाँ क्लिक गर्नुहाेस् :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको