Like us!
Follow us!
Connect us!
Watch us!

क्यान इन्फोटेकमा भायानेटको कुनैपनि प्याकेज खरिद गर्दा २० प्रतिशत छुट

अर्थ संसार

बुधबार, २५ माघ २०७९, १६ : ४९ मा प्रकाशित

क्यान इन्फोटेकमा भायानेटको कुनैपनि प्याकेज खरिद गर्दा २० प्रतिशत छुट

जारी क्यान इन्फोटेक– २०२३ मा भायानेटको अल्ट्रा–फाईको कुनैपनि प्याकेज खरिद गर्दा २० प्रतिशत छुट पाउने भएको छ । भायानेटले अल्ट्रा–फाई योजनाका ग्राहकका लागि उक्त सुविधा ल्याएको हो ।

त्यसअन्तर्गत एक टिभीसहितको २०० एमबीपीएसको प्याकेजको एक महिनाको मूल्य १४०० रुपैयाँ तोकिएको छ । सोही प्याकेजको तीन महिनाको शुल्क भने ४०५० रुपैयाँ छ भने तीन महिनाको लागि इन्टरनेटको मात्र शुल्क तिर्दा ३३०० रुपैयाँ लाग्छ ।

त्यस्तै, १२ महिनाको इन्टरनेटको मात्र तिर्ने हो भने ११,९८८ रुपैयाँ लाग्छ भने उक्त प्याकेजको एकमुस्ट १२ महिनाको पैसा तिर्दा १३,७८८ रुपैयाँ लाग्छ । साथै, २५० एमबीपीएस इन्टरनेटसहित दुई ओटा टिभीको लागि मासिक १५५० रुपैयाँ तिर्नुपर्छ । सोही प्याकेजको तीन महिनाको शुल्क ४५०० रुपैयाँ छ भने १२ महिनाको शुल्क १५ हजार तोकिएको छ ।

यीमध्ये कुनै पनि प्याकेज क्यान खरिद गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको