Like us!
Follow us!
Connect us!
Watch us!

यसरी सुरु भयो क्यान इन्फोटेक (तस्विर)

अर्थ संसार

मंगलबार, २४ माघ २०७९, १६ : २० मा प्रकाशित

यसरी सुरु भयो क्यान इन्फोटेक (तस्विर)

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ) को आयोजनामा २८औँ संस्करणको क्यान इन्फोटेक मेला आजबाट सुरु भएको छ । राष्ट्रय सभा गृहमा आयोजित औपचारिक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मोबाइल एप मार्फत पानसमा बत्ति बालेर मेलाको औपचारिक उद्घाटन गरेकी हुन् । 

याे मेला माघ  २९ गतेसम्म  काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुनेछ। आयोजक क्यान महासंघले  सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले मेला आयोजना गरेको हो। 

क्यान इन्फोटेकको अवलोकन गर्नका लागि सर्वसाधारणलाई एक सय रूपैयाँ र विद्यार्थीलाई ५० रूपैयाँ शुल्क निर्धारण गरिएको छ ।

तस्विरहरू हेर्नुहाेस् :

 

63e22db74f157.jpg 63e22db7950cf.jpg 63e22db7b0b74.jpg 63e22db7eb20a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको