Like us!
Follow us!
Connect us!
Watch us!

यसपटकको ‘भ्यालेन्टाइन डे’लाई कवि बसन्त चौधरीले विशेष बनाउने

अर्थ संसार

बुधबार, २५ माघ २०७९, १५ : ३८ मा प्रकाशित

यसपटकको ‘भ्यालेन्टाइन डे’लाई कवि बसन्त चौधरीले विशेष बनाउने

यो वर्षको ‘ भ्यालेन्टाइन डे’ (प्रणय दिवस) को दिन प्रेमिल कवि तथा गीतकारको छवि बनाएका बसन्त चौधरीको एकल कविता वाचन कार्यक्रम आयोजना हुने भएको छ ।

यो वर्षको भ्यालेन्टाइन डे (प्रणय दिवस) को अवसर पारी फेब्रुअरी १४ (फागुन २ गते) चौधरीको विशेष कविता वाचन कार्यक्रम आयोजना हुने भएको हो । 

‘कवितासँग वसन्त’ नाम दिइएको एकल कविता वाचनको थिम ‘लभ इज इन दि एयर’ राखिएको छ । फागुन २ गते दिउँसो ३:४५ बजेदेखि काठमाण्डौँको मण्डला थिएटरमा प्रेमसँग सम्बन्धित कवितासहित कवि तथा साहित्य चौधरी पोखिनेछन् । भ्यालेन्टाइन डेलाई विशेष बनाउन प्रेमका कविता तथा रचना प्रस्तुत गर्दै एकल कविता वाचन कार्यक्रम आयोजना गरिनु नेपाली साहित्यमै उल्लेख्य काम हो । 

एकल कविता वाचन कार्यक्रममा कवि चौधरीले एकदर्जन बढी प्रेमिल कविताहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यो दिन उनका दुईवटा पुस्तक ‘मेरा गीत’(गीतहरुको संग्रह) तथा ‘जीवनमन्त्र–२’(सुक्ति संग्रह) समेत लोकार्पित गरिनेछन् । 

सो कार्यक्रममा सहभागिताका लागि ९८१९१४०४९० मा सम्पर्क गरी आफ्नो स्थान सुरक्षित गर्नुपर्नेछ । 

बसन्त चौधरी नेपाली साहित्यमा प्रेमसँग सम्बन्धित कविता तथा रचनाका लागि स्थापित नाम हो । उनले केही वर्षअघि नेपाली साहित्यको उन्नयनका लागि विश्व काव्ययात्राको आयोजना गरी विभिन्न देशमा पुगेर प्रेमिल कविताहरु प्रस्तुत गरेका थिए । 

नेपाली भाषाका साथै हिन्दी भाषामा समेत कवि चौधरीले सशक्त सिर्जनाहरु सार्वजनिक गरिसकेका छन् । केही समयअघि उनका ८५ वटा कविताहरुको संग्रह ‘तिमीबिनाको म’ सार्वजनिक भएको थियो । यसमा संग्रहित अधिकांश रचना प्रेमसँग सम्बन्धित छन् । त्यसअघि हिन्दी काव्य संग्रह ‘अनेक पल और मैं’ सार्वजनिक भएको थियो । ‘मेघा’देखि ‘तिमीबिनाको म’सम्म उनका एकदर्जन कृतिहरु प्रकाशित छन् । 

चौधरीका कविता समकालीन मनुष्यका सुखदुःख, हास्य एवम् रोदन अर्थात प्रेमानूभूतिसँग सम्बन्धित हुन्छन् । उनले कवितामा प्रयोग गर्ने बिम्ब र प्रतीक अनौठा हुने गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको