Like us!
Follow us!
Connect us!
Watch us!

यस साता २ अर्ब ८४ करोडको सेयर किनबेच

शुक्रबार, २६ कार्तिक २०७३, १६ : २० मा प्रकाशित

यस साता २ अर्ब ८४ करोडको सेयर किनबेच

अर्थ संसार
काठमाडौं– नेप्से परिसूचक यो साताको पहिलो दिनको तुलनामा ५१.९५ अंकले घटेर अन्तिम दिन १६९७.१७ अंकमा पुगेको छ ।

साताभर १ सय ४६ कम्पनीहरुको कारोबार भएको बजारमा १८ हजार ३१७ कारोबारबाट दुई अर्ब ८४ करोड ५३ लाख ५९ हजार रुपैयाँ बराबरका ४० लाख ६ हजार आठ सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ११।६७ अंकले घटेर ३६७.०२ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम ९१९ करोड २७ लाख ३० हजार रुपैयाँ० को आधारमा सिभिल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या ९पाँच लाख ८४ हजार कित्ता० को आधारमा तथा कारोबार संख्या ९१७४९ वटा० को आधारमा पनि सिभिल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको