Like us!
Follow us!
Connect us!
Watch us!

रिडी पावरको नाफामा पहिरोः खुद मुनाफा ९५ प्रतिशतले घट्दा, अन्य अवस्था कस्तो ?

अर्थ संसार

विहीबार, २६ माघ २०७९, ०७ : ३५ मा प्रकाशित

रिडी पावरको नाफामा पहिरोः खुद मुनाफा ९५ प्रतिशतले घट्दा, अन्य अवस्था कस्तो ?

रिडी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा भारी गिरावट आएको छ । 

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्ममा १ करोड ९६ लाख ९२ हजार रुपैयाँ नाफामा छ । यो नाफा गत वर्षको भन्दा ९५.८० प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिसम्ममा कम्पनीले ४६ करोड ९८ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १८ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५०.२४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ३५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई आयोजनाबाट आम्दानी भइरहेकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा दुई आयोजनाको आम्दानी थप भएपछि विद्युत बिक्री आम्दानी बढ्न पुगेको हो।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेपनि अन्य आम्दानी घट्दा कम्पनीको मुनाफामा ब्यापक गिरावट आएको हो । गत आर्थिक बर्षको यहि अवधिमा कम्पनीले लगानी तथा अन्य आम्दानीबाट ६० करोड रुपैयाँ कमाएको थियो तर समिक्षा अवधिमा त्यो घटेर ५१ लाखमा सिमित भएको छ । 
 
हाल चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषको आकार ५० करोड २५ लाख ७०३ हजार रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५६ पैसा र प्रतिसेयर नेटवर्थ १४५.४३ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको