Like us!
Follow us!
Connect us!
Watch us!

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको कारोबार रोक्का

अर्थ संसार

विहीबार, २६ माघ २०७९, १२ : १२ मा प्रकाशित

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको कारोबार रोक्का

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको कारोबार रोक्का भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एक पत्र जारी गर्दै विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको कारोबार रोक्का गरेको हो । 

कम्पनीले माघ १० गते गरेको लाभांश समबन्धि निर्णयलाई नेप्सेमा माघ २५ गते मात्रै जानकारी गराएको कारण नेप्सेले कारवाही स्वरुप कारोबार रोक्का गरेको छ । 

नेप्सेले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडलाई लेखेका पत्र यस्तो छ :

उपरोक्त सम्बन्धमा यस लिमिटेडमा सूचीकृत त्यस कम्पनीले मिति २०७९/१०/१० गते बेलुका ४ः०० बजे देखी ५ः १५ बजे सम्म त्यस कम्पनीको सञ्चालक समितिको बैठक बसी आफ्ना शेयरधनिलाई आ.व. २०७८/७९ को लागि लाभांश दिने प्रस्ताव गरेको जानकारी यस स्टक एक्सचेञ्ज लिमिटेडमा मिति २०७९/१०/२५ गते बेलुका ६ः३५ बजे NOTS को LOGIN मार्फत जानकारी गराएको । 

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ ९१० (घ) बमोजिम जानकारी नगराई धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीले वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको । तसर्थ एै। विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरुप उक्त कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको छ । त्यस कम्पनीले के कति कारणबाट नेप्सेमा समयमानै जानकारी नदिएको हो । यो पत्र प्राप्त भएको मितिले ३ (तीन) कार्यदिन भित्र स्पष्टिकरण पेश गर्न निर्णयानुसार अनुरोध छ ।   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको