श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले नगद लाभांश वितरण सुरु गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न २८ औँ वार्षिक साधारण सभाबाट पारित गरेको कर समेत ५ दशमलव २० प्रतिशत नगल लाभांश वितरण सुरु गरेको हो ।
गत वर्षको मुनाफाबाट वितरण गर्ने गरी निर्णय गरेको नगद लाभांश वितरण सुरु गरेको छ ।
साधारण सभा प्रयोजनका लागि पुस १९ गते एक दिन बुक क्लोज गरेका कम्पनीले पुस १८ सम्म कायम शेयरधनीहरुको हितग्राही खातामा उल्लेख बैंक खातामै माघ ५ गते देखिनै नगल लाभांश वितरण सुरु गरेको छ ।
हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूको नगद लाभांश बैंक खाता अद्यावधिक पछि मात्र वितरण हुने जानकारी कम्पनीले दिएको छ । साथै बुक क्लोजको अघिल्लो दिनसम्म आफ्नो शेयर धितो राखी कर्जा उपयोग गरेका सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गरेपछि मात्र नगद लाभांश प्राप्त गर्नेछन् । कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस