Like us!
Follow us!
Connect us!
Watch us!

शुभम पावर कम्पनीको आइपीओ बाँडफाँड हुँदै

अर्थ संसार

विहीबार, २६ माघ २०७९, १४ : ०५ मा प्रकाशित

शुभम पावर कम्पनीको आइपीओ बाँडफाँड हुँदै

शुभम पावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड हुने भएको छ । भोलि (माघ २७ गते) शुक्रबार शुभम पावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड हुने भएको हो। 

आइपीओ बाँडफाँड क्यापिटलकै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा हुने कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ ।

तर, समय भने निश्चित भइनसकेको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आज साँझ ४ बजेसम्ममा बाँडफाँडको समय तय भइसक्नेछ ।

शुभम पावरले माघ १८ देखि माघ २२ गतेसम्म सर्बसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको