Like us!
Follow us!
Connect us!
Watch us!

आज प्रदेश २ मा मनोनयन

बुधबार, २१ भदौ २०७४, ०८ : २० मा प्रकाशित

आज प्रदेश २ मा मनोनयन

अर्थ संसार, काठमाडौँ– निर्वाचन आयोगले प्रदेश २ मा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मनोनयनको तयारी पूरा गरेको छ ।

प्रदेशमा २ मा  आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । तेस्रो चरणमा हुने चुनावमा एक महानगरपालिका, तीन उप–महानगरपालिका, ५९ गाउँपालिकासहित १३६ स्थानीय तहमा निर्वाचन हुँदैछ । निर्वाचनबाट छ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुने आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयोगले मङ्गलबार पत्रकार सम्मेलन गरी दुई हजार १६६ मतदान स्थलमा तीन हजार ५७८ मतदान केन्द्र रहने जानकारी दिएको छ ।

ती केन्द्रमा ३१ हजार पाँच सय जना कर्मचारी खटाइएको आयोगले जानकारी दिएको छ । निर्वाचनका लागि मतपत्र, मतदाता परिचयपत्र तथा अन्य सामग्री मतदान केन्द्रमा पुगिसकेको पनि आयोगले जानकारी दिएको छ ।

आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले संविधानलाई कार्यान्वयनको क्रममा तेस्रो चरणको निर्वाचनअन्तर्गत भदौ २१ गते उम्मेदवारी दर्तामा सम्पूर्ण राजनीतिक दल, तथा स्वतन्त्र उम्मेदवारलाई उम्मेदवारी दर्ता गराउन आह्वान गर्नुभयो । उ

म्मेदवारको मनोनयन दर्ताका लागि आयोगबाट खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतले सम्पूर्ण व्यवस्थापन गरिसकेको जानकारी पनि उहाँले दिनुभयो । निर्वाचन अधिकृतको कार्यालयमा बुधबार बिहान १० देखि ५ बजेसम्म मनोनयनका लागि समय तोकिएको छ ।

दलको तर्फबाट उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधानलाई राजनीतिक दलले उत्साहपूर्वक लिएको बताउँदै उहाँले कानुनी रूपमै वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी दिनुभयो ।

महिला, दलित, अल्पसङ्ख्यकलगायतले उम्मेदवारी दर्ता गर्न आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था रहेको समेत उहाँले जानकारी दिनुभयो ।

उहाँले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रूपमा लागू गरेको समेत जानकारी दिनुभयो ।

आचारसंहिता पालन गर्न र गराउन कठोर निर्णय लिनुपरे आयोग पछाडि नहट्ने बताउँदै प्रमुख आयुक्त यादवले आचारसंहिता अनुगमनका लागि निर्वाचन आयुक्तको संयोजकत्वमा केन्द्रीय स्तरमा गठित निर्वाचन आचारसंहिता अनुगमन समिति क्रियाशील रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पत्रपत्रिका तथा रेडियो, टेलिभिजन हेरेर नै आचारसंहिताको उल्लङ्घन भएको जानकारी प्राप्त गरी कतिपय ठाउँमा कारबाही गरेका छौँ । ’

उहाँले भन्नुभयो,‘राजनीतिक दलको चुनाव हो त्यसमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धाको क्रममा केही तलमाथि हुनसक्छ तर कसैले जानी जानी लापरबाही तरिकाले उल्लङ्घन गरेको छ भने त्यस्तालाई छाड्ने छैनौँ । ’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको