Like us!
Follow us!
Connect us!
Watch us!

शुभम् पावरको आइपीओ बाँडफाँट

अर्थ संसार

शुक्रबार, २७ माघ २०७९, ११ : १० मा प्रकाशित

शुभम् पावरको आइपीओ बाँडफाँट

शुभम् पावरको आइपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आज (शुक्रबार) शुभम पावरको आइपीओ बाँडफाँट भएको हो। 

आज भएको बाँडफाँटमा ४८ हजार १८८ जनाले गोलाप्रथामार्फत सेयर पाएका छन्। जसमध्ये ४८ हजार १८६ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन्।

उक्त आइपिओमा कुल १२ लाख ७५ हजार ४२१ जना आवेदकले आवेदन दिएकोमा ३ हजार ५८७ जनाको आवेदन रद्द भएको जनाइएको छ । कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले कुल ५ लाख ८० हजार ५८० कित्ता सेयरमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ। यस्तै, ५ प्रतिशत अर्थात् २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हाजर ६१० कित्ता कर्मचारीहरूलाई छुट्याएर बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर कम्पनीले सर्वसाधारणमा वितरण गरेको हो।   

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको