Like us!
Follow us!
Connect us!
Watch us!

उपप्रधानमन्त्री महरा बेइजिङ प्रस्थान

बुधबार, २१ भदौ २०७४, १२ : ५२ मा प्रकाशित

उपप्रधानमन्त्री महरा बेइजिङ प्रस्थान

अर्थ संसार, काठमाडौँ– उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आफ्ना चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको छ दिवसीय औपचारिक भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गर्नुभयो ।

उपप्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी तथा उक्त मन्त्रालयका वरिष्ठ अधिकारीका साथै नेपालका लागि चीनका राजदूत यु होङले बिदाइ गर्नुभयो ।

प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख गणेश ढकाल, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललगायत हुनुहुन्छ । प्रतिनिधिमण्डलस्तरीय वार्तामा दुबै देशका परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली राजदूतावासका उच्च अधिकारी पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमाणका क्रममा उपप्रधानमन्त्री महराले चिनियाँ विदेशमन्त्री नेतृत्वको टोलीसँग भेटवार्ता गर्नाका साथै वरिष्ठ चिनियाँ नेतासँग भेटघाट गर्ने र बेइजिङस्थित चीनको विदेश मामिलासम्बन्धी विश्वविद्यालयमा आयोजना हुने छलफल कार्यक्रममा सहभागी हुनुहुनेछ ।

उहाँले हालै ग्वाङझाओमा स्थापना भएको नेपालको महावाणिज्य दूतावासको यही भदौ २५ गते उद्घाटन र त्यहाँ उद्योगी व्यवसायी समुदायलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै ग्वाङझाओका प्रान्तीय नेतासँग पनि उहाँले भेटवार्ता गर्नुहुनेछ । उपप्रधानमन्त्री महरा यही भदौ २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको