Like us!
Follow us!
Connect us!
Watch us!

गाई काटेर मासु बेचेको आरोपमा पक्राउ

बुधबार, २१ भदौ २०७४, १३ : २२ मा प्रकाशित

गाई काटेर मासु बेचेको आरोपमा पक्राउ

अर्थ संसार, नवलपरासी–नवलपरासीमा राष्ट्रिय जनावर गाई काटेर मासु बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । गाई काटेको आरोपमा घटनाको चार दिनपछि नवलपरासी मध्यविन्दु नगरपालिका–९ वसन्तपुरमा स्थानीयवासी बुद्ध विकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

विकले पालेको ३ वर्षको गाई गाउँकै केसी विकले सामुदायिक वनमा काटेर गाउँलेलाई बेचेको प्रहरीको भनाइ छ । स्थानीय थुम्कीदेवी सामुदायिक वनमा गत शनिबार लुकाएर काटेको गाई गाउँलेलाई भाग लगाएर बेचेको उनीहरुमाथि आरोप छ ।

यसबारे स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि बुद्ध र केशवलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालयमा नियन्त्रणमा राखिएको छ । गाई काटेको जानकारी पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

अधिवक्ता हरिनारायण रेग्मीका अनुसार मुलुकी ऐन चौपाया महलमा जानीजानी गाई वा गोरु मारेमा १२ वर्ष कैद र वचन दिनेलाई ९आदेश दिनेलाई० ६ वर्ष कैद सजायको व्यवस्था गरेको छ । प्रहरीले उनीहरुलाई धर्म खलबल गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको