दोल्ती पावर कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरेर आईपीओ बिक्री खुलाउने भएको हो ।
स्थानीयका लागि जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशतका दरले आईपीओ बिक्री खुलाउने छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता सेयर बिक्री खुलाउने छ ।
यो सेयरमा दैलेख जिल्लाका नौमुले र कालिका गाउँपालिकाका स्थानीयले आवेदन दिन पाउनेछन् । यस्तै, सोही जिल्लाका जिल्लावासीले समेत आवेदन दिन पाउने बताइएको छ ।
यसका साथै, वैदेशिक रोजगारीमा गएकाहरुका लागि १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको १ लाख ७ हजार २९८ कित्ता सेयर बिक्री खुलाउने छ । यो सेयरमा नेपाल सरकारबाट श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा गएकाहरुले मात्रै आवेदन दिन पाउनेछन् ।
कम्पनीले दैलेखकमा ४.५ मेगावाट क्षमताको जलविद्युत निर्माण गरिरहेको छ । आईपीओको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस