गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमीटेडको साधारणसभाबाट बोनस सेयर र नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ ।
गत शुक्रबार बसेको २१ औं वार्षिक साधारणसभाले हालको चुक्तापूँजी ९५ करोड ४ लाख रुपैयाँ ६.५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.३४ प्रतिशत नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेको हो ।
पारित भएको बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर १ अर्ब १ करोड २१ लाख ७६ हजार रुपैयाँ पुग्नेछ । साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्ष श्रीमान श्रेष्ठले आ।ब। २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस