जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । माघ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १४ करोड ७९ लाख ६ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् मात्र वितरण हुनेछ ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गरेको सूचना यस्तो छ:
महोदय, उपरोक्त सम्बन्धमा यस जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मिति २०७९/१०/२९ गते आइतबार अपराह्न ५:०० बजे बसेको सञ्चालक समितिको २०० औं बैठकले यस अषाढ मसान्त सम्मको संचित मुनाफा तथा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको २०७० आ.व.२०७८/०७९ को मुनाफा रकमबाट वित्तीय संस्थाका शेयरधनीलाई हाल कायम रहेको चुक्ता पुँजी रु १४,७९,०६,०००।- ( अक्षरुपी चौध करोड उनासी लाख छ हजार रुपैया मात्र ।) को तपशिल बमोजिम नगद लाभांश तथा बोनश शेयर वितरण गर्नका लागि नेपाल राष्ट्र बैंकसंग अनुमति माग गर्ने तथा सो सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आए पश्चात संस्थाको आगामी वार्षिक साधारण सभामा स्वीकृतको लागि पेश गर्ने निर्णय गरेको साथै, नेपाल राष्ट्र बैंक र यस वित्तीय संस्थाको आगामी वार्षिक साधरण सभाबाट स्वीकृत / पारित गरे पश्चात मात्र सो लाभांश वितरण गर्ने निर्णय गरेको जानकारीका लागि अनुरोध छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस