Like us!
Follow us!
Connect us!
Watch us!

एसइइ फेल भए पैसा फिर्ता

अर्थ संसार

मंगलबार, ०२ फागुन २०७९, १७ : ४८ मा प्रकाशित

एसइइ फेल भए पैसा फिर्ता

एसइइ दिइरहेका बिधार्थीहरुलाई सहयोग होस् भनेर हाम्रो इक्ज्याम डट कमले आफ्नो विभिन्न विषयहरुको रेकर्डेड क्लास सञ्चालनमा ल्याएको छ । जसबाट Hamro Exam को मोबाइल एपमार्फत विद्यार्थीहरुले हरेक विषयका हरेक पाठहरू पढ्न सक्ने छन्। 

नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पढाइएको र विभिन्न परीक्षाको पुरा अभ्यास गराइएका भिडियो साथमा हरेक हप्ता सम्बन्धित शिक्षकले निःशुल्क रूपमा  समस्याहरु प्रत्यक्षे समाधान गर्ने hamroexam.com का शैक्षिक विभाग प्रमुख रावादिप नेपालले बताए।

मुख्यतः बढी विद्यार्थी फेल हुने विषयहरु गणित ,अङ्ग्रेजी,विज्ञान,कम्प्युटर ,सामाजिक लगायतका छन्। SEE को अन्तिम चरणमा भएकोले आउने शनिवार  देखि निःशुल्क हरेक विषयको रिभिजन क्लास(Revision Class) सञ्चालन गरिने सञ्चालक कृष्ण गुरागाईँले बताएका छन्।

HamroExam.com को मुख्य उद्देश्य बिद्यार्थीलाइ पढाइमा सहयोग गर्ने रहेको छ ,जसले हरेक विद्यालय र विद्यालयले सिफारिस गरेका गरिब, जेहेन्दार तथा पछाडि परेका विद्यार्थीलाई निःशुल्क रूपमा छात्रवृत्ति स्वरूप  क्लास उपलब्ध गराउने जानकारी सञ्चालक डा. राजु कुशवाहाले दिएका छन्।

SEEसम्म हरेक साता Exam Set Question को लेख्ने  प्राक्टिस र पृष्ठ पोषण गरिने छ। हाललाई English,Compulsary Math,Optional Math,Social,Scienc र Computer को पूर्ण क्लास तथा रिभिजन क्लास सञ्चालन भई रहेको छ।

hamroexam.com पढेर पनि पास हुन नसक्ने विद्यार्थीले आफुले तिरेको रकम कम्पाड़को नतिजा सार्बजनिक भए पश्चात फिर्ता पाउने छन् |

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको