Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्तको ५० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर

अर्थ संसार

विहीबार, ०४ फागुन २०७९, ०६ : ४६ मा प्रकाशित

महिला लघुवित्तको ५० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको ५० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि फागुन ५ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले, आज फागुन ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाको माघ २० गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको पाचौँ वार्षिक साधारण सभा फागुन २१ गते, आइतबार आगन्तुक रिसोर्ट भ्युटार मार्ग, धुलिखेल, काभ्रेमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको