Like us!
Follow us!
Connect us!
Watch us!

कम्प्युटर ह्याकिंङ के हो, साइबर सुरक्षा कसरी गर्ने ?

अर्थ संसार

आइतबार, ०७ फागुन २०७९, ०६ : ३८ मा प्रकाशित

कम्प्युटर ह्याकिंङ के हो, साइबर सुरक्षा कसरी गर्ने ?

साइबर सुरक्षाका लागि अपनाउनु पर्ने दसवटा मुख्य मुख्य असल वानीहरू (10 Good Habits for Cyber Security) सँग सम्बन्धितः

१. आफ्नो उपकरणहरू जस्तै मोबाइल, ट्याब्लेट, ल्यापटप / डेस्कटप कम्प्युटरलाई सकेसम्म बेवारिसे (Unattended) नछोडौँ, छोड्नै परेमा Lock गरेर राखौँ ।

२. बलियो पासवर्ड (अङ्क, अक्षरः Lower & Upper case, चिन्ह सहितको १० अक्षरहरूभन्दा बढी भएको) राखौँ र पासवर्डलाई नियमित परिवर्तन गरौँ ।

३. आफ्नो Password, OTP, Pin Code कसैसँग Share नगरौँ । साथै Password, OTP, Pin Code लाई सुरक्षित साथ राखौँ ।

४. आफ्नो खाता (Email Account, Social Media, Facebook, Mobile Banking App आदि) हरूमा पासवर्डका अतिरिक्त कम्तिमा थप एउटा Authentication गर्ने माध्यम जस्तै मोबाइल नम्बर, आफ्नो इमेल, Finger Print जस्ता Multi-Factor Authentication को प्रयोग गरौँ ।

५. शंकास्पद लिंकहरूमा Click नगरौँ । साथै असुरक्षित वेबसाइटहरूको Visit नगरौँ र Freeware / Pirated Contents/ Software हरु Download तथा Install नगरौं ।

६. Operating System / Application Software / Antivirus हरूलाई नियमित अद्यावधिक (Update) गरौं। साथै, आफ्नो उपकरणहरूलाई नियमित Scan गरौँ ।

७. Public WiFi तथा सार्वजनिक Computer को प्रयोग गरी आर्थिक कारोबार आदि नगरौं ।

८. आफ्ना महत्त्वपूर्ण तथा सम्वेदनशील डाटाहरूको नियमित Backup राखौँ ।

९. वेवारिस रूपमा भेटिएको USB Drive / Pendrive आदिलाई Scan नगरिकन आफ्नो कम्प्युटरमा प्रयोग नगरौं ।

१०. आफ्नो पुरानो Computer, Mobile, Pendrive आदिवाट आफ्नो डाटा मेटिएको सुनिश्चित गरी मात्र विसर्जन (Dispose) गरौँ।
कम्प्युटर हयाकिङ (Computer Hacking) सँग सम्बन्धितः

(१) कम्प्युटर ह्याकिंङ (Computer Hacking) के हो ?

कम्प्युटर ह्याकिङ (Computer Hacking) भनेको कम्प्युटर वा कम्प्युटरमा आधारित प्रणालीहरू, कार्यक्रम, सूचना वा तथ्याङ्कमा कुनै अख्तियारी नलिई पहुँच प्राप्त गर्नु हो । यसरी ह्याकरले कम्प्युटर ह्याकिङ गरिसकेपछि कम्प्युटर प्रणालीलाई अवरूद्ध गर्ने, डाटाको स्वरूप परिवर्तन गर्ने, नस्ट गर्ने, डाटा विक्री गर्ने लागायतका कार्यहरू गर्न सक्दछ ।

(२) कम्प्युटर ह्याकिंङ ( Computer Hacking) भएको कसरी थाहा पाउने ?

निम्न बमोजिमको लक्षणहरू देखियो भने कम्प्युटर ह्याक भएको हुन सक्छ :

१. कम्प्युटरमा कम्प्युटर धनीको जानकारी बिना प्रोग्रामहरू Install भएको देखिएमा । साथै, कम्प्युटर ON गर्ने वितिकै ती प्रोग्रामहरू स्वतः Start हुने र इन्टरनेटसँग Connect गर्न खोजेमा ।

२. असामान्य रूपमा कम्प्युटरको Performance घट्ने, CPU /RAM को Usage बढ्ने तथा कम्प्युटर बेला बेलामा नचल्ने (Hang) / स्वत बन्द हुने (Crash ) भएमा ।

३. अनावश्यक रूपमा वेबसाइटहरूमा Redirect / Visit हुने, विभिन्न सफ्टवेयर आफैँ Download हुने र बारम्बार Pop up Window आइरहने भएमा ।

४. कम्प्युटर धनीको इमेल खाताबाट वा सामाजिक सञ्जाल खाता (Social Media Account) बाट कम्प्युटर धनीको जानकारी विना धेरै इमेल वा सन्देशहरू (Messages) पठाइएको पाइएमा ।

५. कम्प्युटर धनीको जानकारी / अनुमति बिना Internet Browser को Home page परिवर्तन भएमा ।

६. Windows Firewall, Antivirus, Task Manager or Registry Editor स्वतः: disable भएको पाइएमा ।

७. आफ्नो पासवर्डले काम गर्न छोडेमा ।

८. आफ्नो Password कुनै public domain मा publish भएको पाइएमा ।

९. अस्वभाविक रूपमा धेरै Internet bandwidth को खपत भएको पाईएमा र Internet Slow भएमा ।

१०. यदि “YouÚve been hacked जस्ता Message प्राप्त भयो भने ।
११. आफ्नो इमेल आदिमा फिरौती रकम माग गरी (Ransomware) इमेल सन्देश प्राप्त भएमा ।
१२. Browser मा Unwanted Toolbars हरू देखिएमा ।
 

63f173f08d7a3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको