Like us!
Follow us!
Connect us!
Watch us!

चुनावको नाममा चरित्रहत्या हुने गरी अडियो/भिडियो ईडिट नगर्न साइबर ब्यूरोको आग्रह

अर्थ संसार

शुक्रबार, २३ बैशाख २०७९, १५ : २४ मा प्रकाशित

चुनावको नाममा चरित्रहत्या हुने गरी अडियो/भिडियो ईडिट नगर्न साइबर ब्यूरोको आग्रह

नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो, भोटाहिटी काठमाडौंले निर्वाचनको नाममा भ्रामक समाचार सम्प्रेषण र फोटो भिडियो ईडिट नगर्न सबैमा अनुराेध गरेकाे छ ।

साइबर ब्यूरोद्वारा प्रकाशित सूचनामा भनिएकाे छ, "स्थानीय तह सदस्य निर्वाचन (वैशाख ३० गते) लाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७८ जारी गरी २०७८ चैत २५ गतेबाट नै लागू भईसकेको सन्दर्भमा सामाजिक सञ्जालहरुमा चुनावी माहोल विगार्ने उद्देश्यले भ्रामक, दुष्प्रचारदेखि चरित्रहत्या हुने गरी अडियो/भिडियो, लिखित अभिव्यक्तीलाई दराशय मनसायबाट गलत अर्थ लाग्ने गरी ईडिट गरी सामाजिक सञ्जाल तथा विद्युतिय सञ्चारका माध्यम मार्फत सम्प्रेषण नगर्न हुन तथा प्रचलित ऐन, कानूनले प्रकाशन/प्रसारण तथा प्रदर्शन गर्न नहने भनिरोक लगाएका सार्वजनिक, नैतिकता, शिष्टाचार विरुद्धका सामाग्री पोष्ट गर्ने, सेयर गर्ने, प्रकाशन गर्ने गतिविधी नगर्नु हुन नेपाल प्रहरी -प्रधान कार्यालय, साइबर व्यूरो अनुरोध गर्दछ।"

सूचना हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको