Like us!
Follow us!
Connect us!
Watch us!

सफ्टवेरिका कलेजको नि:शुल्क इथिकल ह्याकिङ र साइबर सेक्युरिटी वर्कसप

अर्थ संसार

आइतबार, २२ साउन २०७९, १२ : १७ मा प्रकाशित

सफ्टवेरिका कलेजको नि:शुल्क इथिकल ह्याकिङ र साइबर सेक्युरिटी वर्कसप

सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डी स्टुडेन्टस पार्टनरले आयोजना गरेको ‘इथिकल ह्याकिङ र साइबर सेक्युरिटी’ सम्बन्धी नि:शुल्क वर्कसप सम्पन्न भएको छ ।

कक्षा ११ र १२ का विद्यार्थीका साथै कक्षा १२ को परिक्षा दिएर नतिजा कुरिरहेका विद्यार्थीलाई लक्षित गरि एक दिने कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम अगस्ट ६ तारिखका दिन सफ्टवेरिका कलेजको इ–ब्लकमा सम्पन्न भएको  कलेजका इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटी विभागीय प्रमुख मनोज तामाङले जानकारी दिए । 

‘कार्यक्रममा सिसिआरसी कलेज, नामी कलेज, सेनलरेन्स कलेज, सेनजेभियर कलेज, काथफाेर्ड इन्टरन्यासनल कलेज, कान्जिराेवा नेसनल कलेज, एनआइटी, केयमसी लगायत विभिन्न विद्यालयबाट र पासआउट २ सय जना विद्यार्थीहरू सहभागी भएका थिए,’ मनोज भन्छन् ‘हामीले साइबर सुरक्षाकै विषयलाई जोड दिएर वर्कसप सञ्चालन गरेका थियौँ।’

वर्कसपमा सहभागी विद्यार्थीलाई इथिकल ह्याकिङ र साइबर सेक्युरिटीको परिचय, इथिकल ह्याकिङ र साइबर सेक्युरिटीबीचको भिन्नता, साइबर सेक्युरिटी इन्डस्ट्रीमा भविष्य, इथिकल ह्याकिङ ट्रिक र वेब सेक्युरिटी, पासपोर्ट ट्र्‍याकिङ, नेटवर्क सेक्युरिटीको दुरुपयोग बारे विस्तृत तालिम एवं जानकारी प्रदान गरिएको कलेजले जनाएको छ । 

उक्त वर्कसपमा मनोज लगायत कृतिश ढुंगेल, महनराज राजा जिएम, सचिन चाैलागाई,  विवेक सुवेदी र युफान लिम्बुले तालिम दिएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको