ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आगामी चैत ४ गते वार्षिक साधारण सभा डाकेको छ । गत माघ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चितवन उद्योग परिसरमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले २२ २३ प्रतिशत शेयर सार्वजनिक निष्कासन गर्न नियाममक निकायमा धितोपत्र दर्ता गरी स्वीकृति लिने र सार्वजनिक निष्कासनबाट प्राप्त रकमको उपयोग सम्बन्धमा आवश्यक निर्णय गर्नेछ । सार्वजनिक निष्कासनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने विषय पनि सभाले टुङ्ग्याउनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस