Like us!
Follow us!
Connect us!
Watch us!

यी ३ कम्पनीको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन

अर्थ संसार

आइतबार, ०७ फागुन २०७९, १२ : २२ मा प्रकाशित

यी ३ कम्पनीको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि सोमबार (फागुन ८) गते अन्तिम दिन रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीहरुले मात्रै यी कम्पनीको लाभांश पाउनेछन् ।

यी तीन कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनार्थ फागुन १० गते बुक क्लोज गर्दैछन् । फागुन ९ गते ग्याल्पो ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । यसर्थ यी कम्पनीको लाभांश पाउने सोमबारसम्म नेप्सेमा शेयर खरिद गरि कायम भएको हुनुपर्नेछ ।

कर्पोरेट डेभलपमेन्ट बैंकले आर्थिक वर्षको नाफाबाट ५% बोनस सेयर र कर तिर्न ०.२६% नगद गरी कुल ५.२६% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले फागुन २२ गते बैंकको प्रधान कार्यालय आदर्शनगर, वीरगञ्जमा बिहान ७ः१५ बजे बस्नेगरी साधारण सभा डाकेको छ ।

साथै ङादी ग्रुप पावरले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको ४.५७% बोनस सेयर र कर प्रयोजनको लागि ०.२५% नगद गरी कुल ५% लाभांश प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारितका लागि कम्पनीले फागुन २५ गते साधारण सभा बोलाएको छ ।

त्यस्तै, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको फागुन १९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान साढे १० बजेबाट सुरु हुनेछ । सभामा यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५% बोनस सेयर र ६.०५२ % नगद (कर सहित) गरी कुल २१.०५२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको