Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको “एक घर एक खाता” अभियान सरु

शुक्रबार, २३ भदौ २०७४, १९ : ०५ मा प्रकाशित

एनएमबि बैंकको “एक घर एक खाता” अभियान सरु

अर्थ  संसार, काठमाडौं–  एनएमबि बैंकले “एक घर एक खाता” अभियानको दोस्रो चरणको सुरुवात गरेको छ । यस अभियानको मुख्य नारा सम्बृधिको पहिलो पाईला रहेको छ ।

अभियानको प्रर्वधकदुतका रुपमा नेपाली सिने क्षेत्रका महान् अभिनेता राजेश हमाललाई लिएर देशव्यापी रुपमा बिभिन्न कार्यक्रमहरु गर्नेे बैंकले जनाएको छ ।

अभियानको मुख्य उद्देश्य हरेक नेपालीको बैंकमा एक खाता तथा सरल वित्तीय पहुँच होस् भन्ने रहेको छ । साथै, यस अभियानले वित्तीय प्रणालीबाटै कारोवार गर्ने, वित्तिय साक्षरता बढाउने, बचत गर्ने बानी बसाउने तथा डिजिटल बैकिङ्गको अवधारणालाई समेत आत्मसाथ गराउने बिश्वास लिएको छ ।

“एनएमबि बैंक एक घर एक खाता” योजना बारे बैंकका कार्यकारी अधिकृत सुनिल के.सी ले भन्नुभयो — “नेपाली सिने क्षेत्रका महान् अभिनेता राजेश हमाललाई यस योजनाको प्रर्वधक दुतका रुपमा फेरी एक पटक “एक घर एक खाता” दोस्रो चरणको अभियानका साथ घरदैलोमा आउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौं र हमालको लोकप्रिय छविले यस अभियानको मुख्य उद्देश्य पुरा हुनेमा समेत हामी बिश्वस्त छौं” ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको