Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना दर्शनद्वारा शहिद लखन गाउँपालिकालाई फोहोर व्यवस्थापनका लागि एक थान महिन्द्र ट्याक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण

अर्थ संसार

सोमबार, ०८ फागुन २०७९, १७ : ३० मा प्रकाशित

मनकामना दर्शनद्वारा शहिद लखन गाउँपालिकालाई फोहोर व्यवस्थापनका लागि एक थान महिन्द्र ट्याक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण

मनकामना दर्शन प्रा.लि.ले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शहिद लखन गाउँपालिकालाई विशेषत वडा नं. २ र ३ को फोहोर व्यवस्थापन कार्यको लागि एक थान महिन्द्र ट्याक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण गरेको छ ।

कुरिनटारस्थित् अग्नी इनकर्पोरेटेड प्रा.लि.को अफिस प्राङ्गणमा कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई फोहोर व्यवस्थापन कार्यको लागि एक थान महिन्द्र ट्याक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण गरेको हो । 

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं.२, ३ र ४ का वडाध्यक्ष, फोहोरमेला व्यवस्थापनका समितिका अध्यक्ष तथा सदस्यहरुको लगायत यस प्रा.लि.का उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो । 

उक्त ट्याक्टरले मनकामना क्षेत्रको फोहर व्यवस्थापन र पर्यावरणमा समेत सकरात्मक कार्य एवं सशक्त प्रभाव रहनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको