Like us!
Follow us!
Connect us!
Watch us!

विपन्न समुदायलाई बिमाका लागि प्रोत्साहन गर्न स्थानीय सरकारले आर्थिक सहायता गर्नुपर्छ: बिमा प्राधिकरणका अध्यक्ष सिलवाल

अर्थ संसार

मंगलबार, ०९ फागुन २०७९, १४ : ४९ मा प्रकाशित

विपन्न समुदायलाई बिमाका लागि प्रोत्साहन गर्न स्थानीय सरकारले आर्थिक सहायता गर्नुपर्छ: बिमा प्राधिकरणका अध्यक्ष सिलवाल

आर्थिक रुपले विपन्न समुदायलाई बिमाका लागि प्रोत्साहन गर्न स्थानीय सरकारले आर्थिक सहायता गर्नुपर्ने बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । 

नेपाल बिमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयको आयोजनामा कास्की जिल्लाको पोखरा महानगरपालिकामा हिजो (सोमबार) सम्पन्न अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो आग्रह गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष सिलवालले पोखरा महानगरभित्रका घर लगायत सम्पत्तिको बिमा गराउनका लागि पहल गर्न महानगरपालिकासँग आग्रह गरेका छन् । ‘महानगरले आर्थिक रुपले सम्पन्न व्यक्तिलाई बिमा गर्न प्रोत्साहन गर्नुपर्ने र विपन्न वर्ग पहिचान गरी बिमा गर्नका लागि आर्थिक सहायताको व्यवस्था पनि गर्न सक्छ,’ उनले भने, ‘आर्थिक सहयोग पाएपछि विपन्न वर्गको जोखिम सुरक्षण हुन्छ भने आय आर्जन वृद्धिमा पनि योगदान पुग्छ ।’

दाबी भुक्तानीमा देखिएका समस्या समाधान गरी भुक्तानीलाई सरल बनाउन र बिमा सम्बन्धी नीति तथा कार्यक्रम तर्जूमामा आफूहरुलाई सहयोग गर्न पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेबी गुरुङले आग्रह गरिन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको