नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐनले निर्दिष्ट गरेका जिम्मेवारीहरू पूरा गर्न कर्मचारी युनियन, बीमक संघ तथा सबै सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको बताएका छन्।
ललितपुरमा आयोजित नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशनमा बोल्दै अध्यक्ष ओझाले यस्तो बताएका हुन् ।
उनले बीमा क्षेत्रलाई व्यवस्थित विश्वसनीय र पारदर्शी बनाउनु नै प्राथमिकता रहेको उल्लेख गरे।
अध्यक्ष ओझाले भने,‘बीमा क्षेत्रमा सुधारका लागि सबै पक्षको हातेमालो जरुरी छ। समस्या सबै क्षेत्रमा हुन्छन्, ती समस्याहरू समाधान गर्दै अघि बढ्नुपर्छ’ बीमा क्षेत्रलाई व्यवस्थित बनाउने कार्यमा युनियन, जीवन बीमक संघ, निर्जीवन बीमक संघ, लघु बीमक संघ तथा अभिकर्ताहरूको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहने उनले बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस