Like us!
Follow us!
Connect us!
Watch us!

बिमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

अर्थ संसार

शुक्रबार, ०१ चैत्र २०८१, १६ : ३० मा प्रकाशित

बिमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

सरकारले नेपाल बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेललाई नियुक्त गरेको छ।अर्थमन्त्रीस्तरीय निर्णयबाट पोखरेललाई प्राधिकरणको महिला सञ्चालकमा नियुक्त गरिएको हो। 

चैत १ गतेदेखि लागू हुने गरी पोखरेललाई आगामी चार वर्षका लागि महिला सञ्चालकको रूपमा नियुक्त गरिएको छ।

बीमा ऐन २०७९ अन्तर्गत महिला सञ्चालकको व्यवस्था गरिएको थियो, जसको आधारमा उनलाई यो नियुक्ति दिइएको जनाइएको छ।पोखरेल २ वर्षदेखि विशाल बजार कम्पनीको सञ्चालक पनि हुन्। उनी सेयर बजारमा लगानीकर्तामाझ निकै परिचित छिन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको