Like us!
Follow us!
Connect us!
Watch us!

दुई लघुवित्तको लाभांश घोषणा, कुनको कति ?

अर्थ संसार

बुधबार, १० फागुन २०७९, १८ : ३२ मा प्रकाशित

१.  किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

२. आत्मनिर्भर लघुवित्त वित्तिय संस्था लिमिटेडले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरिएको छ । उक्त आईपीओ हिजो फागुन ८ गते बाँडफाँड गरिएको हो । रितपुर्वक आवेदन दिने २ हजार ३३ जना आवेदकलाई समान १० कित्ताका दरले २० हजार ३ सय ३० कित्ता सेयर बाँडफाँड गरिएको छ भने २० कित्ताभन्दा बढि आवेदन दिने आवेदकहरुमध्यबाट थप ८ कित्ता सेयर वितरण गरिएको छ ।  संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २० हजार ३३८ कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीकाे आईपीओकाे नतिजा iporesult.cdsc.com.np नामक वेबसाइटबाट हेर्न सकिन्छ । 

३. सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ११.०५२६३ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

४. मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडले आजबाट पहिलाे चरणकाे आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ५ लाख ४२ हजार ४८३ कित्ता तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १ लाख ८ हजार ५१७ कित्ता आईपीओ निष्कासन गरेकाे हाे । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा गएका नेपालीले फागुन २५ गतेसम्म भर्न पाउनेछन् । सो अवधिसम्म आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आवेदन दिने म्याद चैत ९ गतेसम्म लम्बिनेछ ।

५.  लगातारकाे ओरालाे यात्रापछि आज बजारमा हरियाली देखिएकाे छ । बुधबार नेप्से परिसूचक ३३.५७ अंकले बढेर २०८०.३८ विन्दुमा बन्द भएको छ । आज कुल २ सय ६९ वटा कम्पनीकाे ४७ लाख ७९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ८० करोड रुपैयाँ बराबरको काराेबार भएकाे छ । यस दिन हाइड्राेमा लगानीकर्ताकाे आकर्षण देखिँदा लघुवित्त समूह भने सर्वाधिक घटेकाे छ ।

६. न्यादी हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा चैत्र ६ गते कार्की ब्याङ्क्वेट बबरमहल काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा भने गरेको छैन । साधारणसभा प्रयोजनको लागि कम्पनीले फागुन १९ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार फागुन १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

७. नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार बैंककाे १३ प्रतिशत बोनस बापतकाे कुल १ करोड २३ लाख ७ हजार ५ सय ४२ दशमलव २७ कित्ता बोनस सेयर नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

८. नेपाली कांग्रेसका महामन्त्री गगन थापा बदनियतका साथ काम गर्ने लघुवित्तलाई कारबाही गर्न माग गरेका छन् ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापा बदनियतका साथ काम गर्ने लघुवित्तलाई कारबाही गर्न माग गरेका छन् । अनुचित नाफा कमाउनका लागि जे पनि गर्ने लघु्वित्त, तत्कालको गर्जो टार्नका लागि जहाँबाट जस्तो भएपनि ॠण लिने ग्राहकहरू अनि अनुमति दिँदै गर्दाखेरी हात फैलाउने र सुपरीवेक्षण गर्दै गर्दा मुठ्ठी कस्ने राष्ट्र बैंक यही कारणले गर्दा लघुवित्तको यो संकट देखिएको बताउँदै उनले लघुवित्तका समस्या समाधानका ५ उपायसमेत दिएका छन् ।

९. नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३४ करोड १२ लाख ८५ हजार ९४९ कित्ता सेयर सूचिकृत भएको छ । तत्कालीन नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक नेपाल एक आपसमा मर्ज भएपश्चात नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाममा उक्त सेयर सूचीकृत भएको हो । नेप्सेले बैंकको पहिलो कारोबारको लागि २३६ रुपैयाँ ८५ पैसा सुरुवाती मूल्य तोकेको छ ।

१०.  बुधबार सुनकाे भाउ स्थिर रहेकाे छ । आज पनि सुन प्रतिताेला १ लाख ३ हजार रुपैयाँमै काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यता चाँदीकाे मूल्य भने तोलामा ५ रुपैयाँले बढेर प्रतिताेला १२ सय ९५ रुपैयाँमा काराेबार भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको